Techie IT
२०८३ जेष्ठ ४, सोमबार

रौतहटमा नदीको सतह बढ्दै, बाढीको जोखिमबारे सशस्त्र प्रहरीले गर्यो सचेत


रौतहट जिल्लाका नदीहरूको पानीको सतह बढ्दै गएपछि सशस्त्र प्रहरीले माइकिङमार्फत बासिन्दाहरूलाई सचेत गराउन थालेको छ। शुक्रवारको अविरल वर्षाले जिल्लाका नदीहरूको स्तरमा उल्लेखनीय वृद्धि भएको छ।

जिल्लाको पूर्वी क्षेत्रमा रहेका बागमती र चाँदी झाँझ जस्ता नदिहरूमा पानीको सतह बढिरहेको छ। पश्चिमी क्षेत्रमा पनि लालबकैया र धनसार नदीमा पानीको स्तर उक्लिएको छ। कटहरिया नगरपालिका ४ का वडा अध्यक्ष चन्दन कुशवाहाले भने, "कटहरिया ४ र ५ सँगै मौलापुर नगरपालिकाका केही वडामा लालबकैया नदीबाट कटानको जोखिम बढेको छ।"

अध्यक्ष कुशवाहाका अनुसार, वर्षा अझै केही समय जारी रहने सम्भावना रहेको छ, जसले गर्दा बागमती, लालबकैया लगायत नदीमा ठुलो बाढी आउने जोखिम देखा परेको छ। यस बीचमा, नदी किनारका बासिन्दाहरूलाई बाढीको जोखिमबाट सचेत रहनका लागि सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले आग्रह गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट