Techie IT
२०८३ भाद्र १६, मंगलबार

खुर्कोट बजारस्थित सशस्त्र प्रहरीको बेसबाट हतियार सुरक्षित स्थानमा सारियो


अविरल वर्षाका कारण सुनकोशीको बहाव बढेर सिन्धुलीको खुर्कोट बजार क्षेत्रमा पसेको छ। खुर्कोटमा रहेको सशस्त्र प्रहरीको बेसमा पनि बाढी प्रवेश गरेपछि हतियार र अन्य सामग्रीलाई सुरक्षित स्थानमा सारिएको छ। सशस्त्र प्रहरीको क्याम्पबाट हतियार लगायतका सामग्री इलाका प्रहरी कार्यालयमा स्थानान्तरण गरिएको एसपी गोविन्द काफ्लेले जानकारी दिए।

खुर्कोटको तल्लो बजारका प्रभावित घरहरूबाट मानिस र सामानलाई अन्यत्र सार्ने काम जारी छ। स्थानीय प्रशासनले आवश्यक सुरक्षा उपाय अपनाउँदै प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न निर्देशित गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट