Techie IT
२०८२ जेष्ठ ३, शनिबार

जापानको तेल प्रशोधन केन्द्रमा ग्याँस चुहावट, एकको मृत्यु


जापानको ओसाका प्रान्त अन्तर्गतको सकाई सहरमा रहेको एक प्रमुख तेल प्रशोधन केन्द्रमा शनिबार बिहान ग्याँस चुहावटको घटना भएको छ। सो घटनामा एक जना श्रमिकको दुःखद निधन भएको छ भने दुई जना श्रमिकहरू अस्पतालमा उपचाररत रहेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्।

घटना बिहान करिब १० बजेको समयमा भएको बताइएको छ।  प्रशोधन केन्द्रको पाइप प्रणालीमा ग्याँस चुहावट भएको र केही श्रमिकहरू अचेत अवस्थामा भेटिएका छन्।

प्राप्त जानकारी अनुसार, तीन जना पुरुष श्रमिक ग्याँसको सम्पर्कमा आएका थिए। उनीहरूलाई तुरुन्तै अस्पताल लगिएकोमा दुर्भाग्यवश एक जनाको ज्यान गएको पुष्टि भएको छ।

प्रारम्भिक अनुमानअनुसार, चुहिएको ग्याँस विषालु हाइड्रोजन सल्फाइड हुन सक्ने जनाइएको छ। हाल घटनाको कारणबारे सम्बन्धित कम्पनीले आवश्यक अनुसन्धान गरिरहेको छ।

सात लाख ७० हजार वर्ग मिटर क्षेत्रमा फैलिएको यो प्रशोधन केन्द्र समुद्री किनारमा अवस्थित  र जापानकै एक प्रमुख इन्धन प्रशोधन स्थलको रूपमा परिचित छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट