Techie IT
२०८२ जेष्ठ ३, शनिबार

विद्युत प्राधिकरणको लापरबाहिले करेन्ट लागेर मजदुरको मृत्यु


धुलिखेलमा करेन्ट लागेर एक विद्युत मजदुरको मृत्यु

काभ्रेको धुलिखेलमा विद्युत पोलमा काम गरिरहेका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ।

धुलिखेल नगरपालिका–७, जिल्ला प्रशासन कार्यालय अगाडिको पोलमा तार जडान गर्दै गरेका सर्लाही ईश्वरपुर नगरपालिका–१२, घारिबथानका २८ वर्षीय उपेश नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी मिन घलेले जानकारी दिएका छन् ।

११ हजार भोल्ट क्षमताको हाईटेन्सन लाइनको पोलमा चढेर काम गरिरहेका बेला अचानक करेन्ट लाग्दा घटनास्थलमै उनको ज्यान गएको प्रहरीले जनाएको छ । मृतक नेपालीलाई नेपाल विद्युत प्राधिकरणले नै काममा खटाएको थियो।

घटनाबारे स्थानीयले विद्युत प्राधिकरणकै लापरवाहीको आरोप लगाएका छन्। उनीहरूका अनुसार लाइन नछोडीकन सूचनाविनै पोलमा करेन्ट प्रवाह गर्दा उपेशको ज्यान गएको हो।

हिजो शुक्रबारमात्रै विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रले ११ केभी लाइन चार्ज गरिने सूचनासहित सावधानी अपनाउन आग्रह गरेको थियो । तर, प्राधिकरणकै असावधानीले दुर्घटना भएको भन्दै परिवार तथा स्थानीय आक्रोशित भएका छन् ।

मृतकको शव पोलबाट निकालेर पोष्टमार्टमका लागि धुलिखेल अस्पताल पठाइएको छ। घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरको नेतृत्वमा टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट