Techie IT
२०८२ जेष्ठ ६, मंगलबार

मङ्गोलियामा भीषण आगलागी, ४ अर्बभन्दा बढी क्षति


मङ्गोलियामा चालु वर्षको सुरु देखि हालसम्म ८९ वटा वन र घाँसे मैदानी क्षेत्रमा आगलागी भएको छ । ती डढेलोबाट सात लाख ४८ हजार आठ सय दुई हेक्टर क्षेत्रफल जलेर नष्ट भएको राष्ट्रिय विपद् व्यवस्थापन निकायले जानकारी दिएको छ ।

आगलागीका कारण करिब चार अर्ब ३० करोड मङ्गोलियाली मुद्रा बराबरको क्षति पुगेको सो निकायले जनाएको छ । प्राकृतिक डढेलो हुने प्रमुख कारणहरूमा सर्वसाधारणले आगोको लापरवाहीपूर्ण प्रयोग गर्नु तथा घाँस तथा फोहोर जलाउने जस्ता काम रहेको विज्ञहरूले बताएका छन् । 

सुख्खा र हुरी युक्त मौसमका कारण वसन्त ऋतुमा मङ्गोलियाको अधिकांश भागमा एक्कासी डढेलो लाग्ने सम्भावना बढी रहेको जनाउँदै, सो निकायले आम जनतालाई डढेलो रोकथाममा सजग रहन आह्वान गरेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट