Techie IT
२०८३ असार २१, आइतबार

बिहे घरमा करेन्ट लाग्दा किशोरको ज्यान गयो


विराटनगरमा बिहे घरमा करेन्ट लागेर एक किशोरको ज्यान गएको छ ।

शनिबार राति करिब १ बजे विराटनगर महानगरपालिका–१८ झटियाहीका १७ वर्षीय अमित यादवको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार छिमेकी कनैया यादवकी छोरीको बिहे समारोहमा डिजे साउन्डमा नाच्ने क्रममा साउण्ड सिस्टमका लागि जोडिएको तारमा लड्दा उनलाई करेन्ट लागेको थियो।

गम्भीर घाइते भएका अमितलाई तत्कालै उपचारका लागि कोशी अस्पताल लगिएको भए पनि चिकित्सकले अस्पताल पुर्‍याउनासाथ मृत घोषित गरेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट