Techie IT
२०८२ श्रावण २, शुक्रबार

पहिरोले घर पुर्दा वृद्धाको मृत्यु


म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ गाडपारमा आज दिउँसो पहिरोले घर पुर्दा वृद्धाको मृत्यु भएको छ । 

गाडपार गाउँमाथिको पाखोबाट खसेको ढुङ्गा माटोसहितको सुक्खा पहिरोले परिएर ७२ वर्षीया सीता फगामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरभित्रै बसिरहेकी फगामीको पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिएका छन् । 

प्रहरी र स्थानीयवासीले मृतकको शव पहिरो पन्छाएर निकालेका थिए । पहिरोले फगामीको घरसमेत भत्किएको छ । सीताका श्रीमान् ७२ वर्षीय टुकबहादुर फगामीले भागेर ज्यान जोगाएका छन् । पहिरोको जोखिममा रहेका पाँच घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले बताउनुभयो ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट