Techie IT
२०८३ असार ५, शुक्रबार

अल्पविकसित देशहरूको विकासका लागि अन्तर्राष्ट्रिय सहयोग जारी राख्नुपर्नेमा नेपालको जोड


अल्पविकसित देशहरूको दिगो विकासका लागि अन्तर्राष्ट्रिय समुदायबाट निरन्तर सहयोग आवश्यक रहेकोमा नेपालले जोड दिएको छ। अल्पविकसित राष्ट्रहरूको वैश्विक समन्वय ब्यूरोका अध्यक्षका रूपमा नेपालतर्फबाट प्रतिनिधित्व गर्दै परराष्ट्र सचिव अमृतबहादुर राईले मंगलबार दोहामा आयोजित ‘अल्पविकसित देशहरूको दिगो विकास एवं साझेदारीसम्बन्धी उच्चस्तरीय बैठक’मा यस्तो धारणा व्यक्त गरेका हुन्।

दोहास्थित नेपाली दूतावासका अनुसार सचिव राईले अल्पविकसित देशहरूको आर्थिक उन्नयनका लागि अन्तर्राष्ट्रिय बजारसम्म पहुँच विस्तार, संरचनात्मक अवरोधको अन्त्य तथा अन्तर्राष्ट्रिय समुदायबाट स्रोत–साधनहरूको प्रभावकारी उपलब्धता अनिवार्य रहेको बताएका थिए ।

कृषि, जलविद्युत्, पर्यटन, निर्माण, सूचना - सञ्चार प्रविधि र मानव संसाधन क्षेत्र नेपालको आर्थिक रुपान्तरणका प्रमुख सम्भावना बोकेका क्षेत्र भएको उल्लेख गर्दै उनले ती क्षेत्रमा लगानी बढाउन अन्तर्राष्ट्रिय समुदाय, विकास साझेदार, संयुक्त राष्ट्रसंघ तथा यसको विशिष्टिकृत निकायहरूसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको स्पष्ट पारेका हुन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट