Techie IT
२०८३ असोज २०, मंगलबार

कांग्रेस महाधिवेशन: उद्योगी विनोद चौधरीले गरे उपसभापतिमा उम्मेदवारी दर्ता


उद्योगी तथा नेपाली कांग्रेसका नेता विनोद चौधरीले पार्टीको उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनले मंगलबार समावेशी समूहअन्तर्गत उपसभापति पदमा आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी उम्मेदवारी दर्ता प्रक्रियाका क्रममा राष्ट्रिय सभागृहस्थित केन्द्रीय निर्वाचन समितिको कार्यालयमा पुगेर उनले उम्मेदवारी दिएका हुन्। चौधरीको उम्मेदवारीसँगै सभागृह परिसरमा नेता, महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ताहरूको चहलपहल थप बढेको छ।

पार्टीको १५औँ महाधिवेशनमार्फत नयाँ केन्द्रीय कार्यसमिति चयन गर्न देशैभरबाट जम्मा ७ हजार १ सय १४ जना महाधिवेशन प्रतिनिधिहरू सहभागी भएका छन्। उनीहरूले नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन्। निर्वाचन समितिले तोकिएको समयसीमाभित्रै उम्मेदवारी दर्ता प्रक्रिया टुङ्ग्याएर निर्वाचनका बाँकी तालिका र कार्यविधिहरू अगाडि बढाइने जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट