Techie IT
२०८३ श्रावण २६, मंगलबार

पश्चिम एसियाको युद्ध २०२७ सम्म लम्बिए विश्व अर्थतन्त्रमा ‘ठूलो झट्का’ लाग्ने चेतावनी


अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) की प्रमुख क्रिस्टालिना जर्जिएभाले पश्चिम एसियामा जारी द्वन्द्व सन् २०२७ सम्म लम्बिएमा विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने चेतावनी दिएकी छन्।

वासिङ्टन डी.सी.मा आयोजित एक कार्यक्रममा बोल्दै उनले युद्ध लम्बिए तेलको मूल्य प्रति ब्यारेल १२५ अमेरिकी डलरसम्म पुग्न सक्ने र त्यसले विश्वव्यापी मुद्रास्फीति थप चर्काउने संकेत गरिन्।

उनका अनुसार यस्तो परिस्थितिमा केवल मूल्यवृद्धि मात्र होइन, मूल्य स्थिर रहने विश्वसनीयतामै समेत क्षति पुग्ने जोखिम देखिन्छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले वर्तमान अवस्थालाई ‘प्रतिकूल परिदृश्य’ (Adverse Scenario) अन्तर्गत राख्दै दीर्घकालीन द्वन्द्व, उच्च तेल मूल्य र बढ्दो मुद्रास्फीति दबाबलाई मुख्य जोखिमका रूपमा औँल्याएको छ।

गत अप्रिलमा सार्वजनिक गरिएका तीन सम्भावित परिदृश्यका ‘सन्दर्भ पूर्वानुमान’ (Baseline), ‘प्रतिकूल’ र ‘कठोर’ (Severe Scenario) मध्ये प्रतिकूल अवस्था अझ यथार्थ नजिक देखिन थालेको IMF को संकेत छ।

प्रतिकूल परिदृश्यअनुसार सन् २०२६ मा विश्व आर्थिक वृद्धि दर २.५ प्रतिशतमा सीमित रहने र मुद्रास्फीति ५.४ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ। अझ गम्भीर ‘कठोर परिदृश्य’ लागू भएमा वृद्धि दर २ प्रतिशतमा झर्ने र मुद्रास्फीति ५.८ प्रतिशतसम्म उक्लिने चेतावनी दिइएको छ।

त्यस्तै, छोटो अवधिको द्वन्द्व रहने अपेक्षा गरिएको ‘सन्दर्भ पूर्वानुमान’ मा आर्थिक वृद्धि ३.१ प्रतिशत र मुद्रास्फीति ४.४ प्रतिशत रहने प्रक्षेपण गरिएको थियो। तर पछिल्लो अवस्थाले यस्तो सकारात्मक परिदृश्य क्रमशः कमजोर बन्दै गएको संकेत गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट