Techie IT
२०८३ श्रावण ५, मंगलबार

तपाईँको होण्डा कार कति सुरक्षित छ? कम्पनीले चलायो एयरब्याग निःशुल्क जाँच तथा फेरबदल अभियान


नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा. लि. ले ग्राहकहरूको सुरक्षालाई उच्च प्राथमिकता दिँदै 'निःशुल्क सेफ्टी रिकल अभियान' सञ्चालन गरिरहेको छ। होण्डाका पुराना मोडलहरूमा रहने एयरब्याग (SRS Airbag Inflator) मा देखिन सक्ने सम्भावित जोखिम समाधानका लागि कम्पनीले यो कदम चालेको हो।

यस अभियानबाट सन् २००१ देखि २०१४ सम्म उत्पादन भएका होण्डाका विभिन्न मोडलका गाडीहरू प्रभावित भएका छन्। जसमा सिटी, सिभिक, सि.आर-भिज्याझ, इन्साइट, स्ट्रिम र अकर्ड मोडलका कारहरू रहेका छन्।

ग्राहकहरूले आफ्नो गाडी यस रिकल अभियानमा पर्छ वा पर्दैन भन्ने कुरा होण्डाको आधिकारिक वेबसाइटमार्फत आफैँ पनि जाँच गर्न सक्नेछन्।

अभियानअन्तर्गत प्रभावित गाडीहरूको एयरब्याग परीक्षणका साथै आवश्यक परेमा 'इन्फ्लेटर' पूर्ण रूपमा निःशुल्क फेरबदल गरिनेछ। यसका लागि ग्राहकले कुनै अतिरिक्त शुल्क बुझाउनुपर्ने छैन। सम्भावित दुर्घटना र जोखिमबाट बची सुरक्षित यात्रा सुनिश्चित गर्नका लागि यथाशीघ्र नजिकैको आधिकारिक होण्डा सर्भिस सेन्टरमा सम्पर्क गरी गाडी जाँच गराउन कम्पनीले अनुरोध गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट