Techie IT
२०८३ श्रावण ७, बिहीबार

विद्युत् व्यापारमा नेपालको ऐतिहासिक सफलता, २९ अर्ब ३२ करोडको बिजुली निर्यात


आर्थिक वर्ष २०८२/०८३ मा नेपालले विद्युत् व्यापारमा ऐतिहासिक सफलता हासिल गरेको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार गत आवमा विगतका वर्षहरूलाई पछाडि पार्दै विद्युत् निर्यातबाट कुल २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी भएको छ। भारतीय खुला बजार तथा बङ्गलादेशसँगको सुदृढ व्यापारमार्फत नेपालले ३ अर्ब ८७ करोड ७४ लाख युनिट बिजुली औसत ७ रुपैयाँ ५६ पैसाका दरले बिक्री गरेको हो।

अघिल्लो आर्थिक वर्षको तुलनामा यो निर्यात परिमाण ६२.८९ प्रतिशतले बढी हो। आव २०८१/०८२ मा २ अर्ब ३८ करोड २९ लाख युनिट विद्युत् निर्यात गरी १७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ आम्दानी भएको थियो।

विद्युत् निर्यातमा भएको उल्लेख्य वृद्धि र आन्तरिक उत्पादन मजबुत भएसँगै आयातमा आएको संकुचनले गर्दा नेपालको समग्र ऊर्जा क्षेत्रमा अभूतपूर्व सुधार देखिएको प्राधिकरणले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट