Techie IT
२०८३ असोज १४, बुधबार

पेट्रोलमा प्रतिलिटर २० रुपैयाँसम्म मूल्य बढेर आउँदा पनि तिहारसम्म मूल्य यथावत् रहने


इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थको मूल्य भारी मात्रामा बढेर आए पनि नेपाल आयल निगमले हाललाई उपभोक्ताको मूल्य नबढाउने निर्णय गरेको छ। मूल्य समायोजन नगर्दा निगमलाई १५ दिनमा ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ नोक्सानी हुने देखिएको छ।

आईओसीबाट प्राप्त नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर २० रुपैयाँ ४४ पैसा, डिजेल २० रुपैयाँ २१ पैसा, मट्टीतेल १५ रुपैयाँ ९६ पैसा र हवाई इन्धन १८ रुपैयाँ ६६ पैसा बढेर आएको छ। यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ८१ रुपैयाँ ३२ पैसाले वृद्धि भएर आएको छ।

हालैको बाढीपहिरोले पुर्‍याएको क्षति, नजिकिँदै गरेका चाडपर्वहरू तथा आम उपभोक्ताको आर्थिक भारलाई ध्यानमा राख्दै निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य साबिककै अवस्थामा राख्ने निर्णय गरेको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट