Techie IT
२०८३ असोज १४, बुधबार

शशांकको संयोजकत्वमा कांग्रेस जिल्ला तयारी समिति गठन, यी जिल्लामा खटाइए निर्वाचन अधिकृत


नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले आगामी १५औँ केन्द्रीय महाधिवेशनको तयारीलाई तीव्र पार्दै देशैभर जिल्लागत संयोजकहरू तोकेको छ। निर्धारित कार्यतालिका अनुसार १५औँ केन्द्रीय महाधिवेशन आगामी मंसीर २१, २२ र २३ गते राजधानी काठमाडौंमा हुनेछ।

महाधिवेशनलाई व्यवस्थित र सफल रूपमा सम्पन्न गर्न नेता शशांक कोइरालाको संयोजकत्वमा जिल्ला तयारी समितिहरू गठन गरिएको छ। ती समितिहरूले मातहतका सबै तहमा अर्थात् प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, पालिका र वडा तहसम्मै तयारी समितिहरू निर्माण गरिसकेका छन्।

महाधिवेशनको संशोधित कार्यतालिका
असोज १५: वडा अधिवेशन

असोज २०: पालिका अधिवेशन

असोज २३: प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन

मंसीर ४: प्रदेश अधिवेशन

महाधिवेशन प्रक्रियालाई निष्पक्ष र व्यवस्थित बनाउन केन्द्रीय निर्वाचन समितिको तर्फबाट ७७ वटै जिल्लामा निर्वाचन अधिकृतहरू खटाइसकिएको छ। तल्लो तहबाटै नेतृत्व चयनको प्रक्रिया सुरु भएसँगै कांग्रेसभित्र चुनावी सरगर्मी बढेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट