चालु आर्थिक वर्ष सुरु भएको ८१ दिन बितेपछि सुदूरपश्चिम प्रदेश सरकार अन्ततः बजेट ल्याउने तयारीमा जुटेको छ। लामो समयको अलमल र अनिर्णयको बन्दी बनेको बजेट आज (बुधबार) साँझ ५ बजे प्रदेशसभा बैठकमा पेस हुने भएको छ।मंगलबार बसेको प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले बजेट प्रस्तुतिका लागि साँझ ५ बजे�...