Techie IT
२०८२ जेष्ठ ५, सोमबार

किन लगातार घटिरहेको छ शेयर बजार, के गभर्नर नियुक्त सम्म मार्केट घटिराख्छ ?


Representation Image

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दुई दशमलव ७९ अङ्कले घटेर दुई ६०९ दशमलव शून्य पाँचको विन्दुमा कायम भएको छ । पछिल्लो छ कारोबार दिन आज पनि नेप्से परिसूचकमा गिरावट देखिएको हो ।

    आज तीन सय नौ कम्पनीको एक करोड ६९ लाख सात हजार ७३७ कित्ता शेयर ७९ हजार ८९३ पटक खरिदबिक्री हुँदा रु आठ ५० करोड ९२ लाख २१ हजार ३१२ दशमलव ६१ को कारोबार भएको छ । आज एक सय कम्पनीको शेयर मूल्य बढ्दा एक सय ४५ कम्पनीको घटेको छभने एउटा स्थिर अवस्थामा छ ।

आज ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, छाब्दी हाइड्रोपावर लिमिटेड नौ दशमलव ९९, विन नेपाल लघुवित्तीय संस्था लिमिटड नौ दशमलव ५३, नेपाल पुनर्बिमा कम्पनी आठ दशमलव ४१, बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्य सात ३२ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा बढी कर्पोरेट डेभपलमेन्ट बैंक लिमिटेडको शेयर मूल्य आठ दशमलव ७१ प्रतिशतले घटेको छ । साथै सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनीको रु ७० करोड ३७ लाखको शेयर कारोबार भएको छ ।

शेयर बजार घट्नमा मुख्यता निम्नकुराले प्रभाव पारेको हुनसक्छ 

१. गभर्नर नियुक्ति प्रक्रिया अझै टुंगोमा नपुग्नु
नेपाल राष्ट्र बैंकका नयाँ गभर्नरको नियुक्ति अझै स्पष्ट नभएको अवस्था लगानी कर्तामा अन्योलको वातावरण सिर्जना गरिरहेको छ ।राष्ट्र बैंकको नीति निर्देशनले बजारमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले गभर्नर को बन्छ भन्ने कुराले लगानीकर्तामा मनोवैज्ञानिक दबाब सिर्जना गरेको पाइन्छ ।

२. तरलता अभाव र उच्च ब्याजदर
बैंकहरूमा अझै पनि तरलताको समस्या समाधान भइसकेको छैन । ब्याजदर उच्च नै रहेको छ । यसले गर्दा सेयरमा लगानी गर्नेभन्दा पनि बैंकमा निक्षेप राख्न रोज्ने प्रवृत्ति बढेको छ ।

३. नीतिगत अन्योल र राजनीतिक अस्थिरता
कर नीति, पूँजी बजारसम्बन्धी नीति, अर्थमन्त्री र अर्थतन्त्र प्रति सरकारको धारणा अझै स्पष्ट छैन । राजनीतिक अस्थिरता तथा सरकार ढल्ने हल्ला र विश्वासको अभावले लगानीकर्ताहरू पर्ख र हेरको मनोवृत्तिमा छन् ।

४. टेक्निकल करेक्सन र मुनाफा सङ्कलन प्रवृत्ति
नेप्से केही समय अगाडि बढेको थियो त्यसपछि स्वाभाविक रूपमा टेक्निकल करेक्सन भैरहेको पनि हुन सक्ने अनुमान गर्न सकिन्छ ।लगानी कर्ताहरूले मुनाफा बुक गर्दै बिक्री गर्ने क्रमले पनि बजार तल झार्न सक्छ ।

५. लगानीकर्ताको मनोवैज्ञानिक प्रभाव
बजार निरन्तर घट्दा डर फैलिन्छ र प्यानिक सेलिङ (panic selling) सुरु हुन्छ । बजारमा गभर्नरको नियुक्ति, बजेटको तयारीजस्ता विषयले पनि पर्ख र हेर्नु पर्ने अवस्था बनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट