Techie IT
२०८३ जेष्ठ ८, शुक्रबार

आजको मौसम, कुन ठाउँमा धेरै पानी पर्ला?


आज पनि मनसुन केही कमजोर रहने देखिएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ सरकिएकाले नेपालमा मनसुन कमजोर भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुन कमजोर भए पनि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम भने जारी रहेको महाशाखाले उल्लेख गरेको छ। त्यसैले देशभर सामान्यतया बदली रहनेछ।

आज कोशी, बागमती, मधेश र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भू-भागसहित देशका अन्य पहाडी क्षेत्रमा केही स्थानमा, र बाँकी तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ।

त्यसैगरी, लुम्बिनी प्रदेशको तराई र बागमती प्रदेशको पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट