Techie IT
२०८२ श्रावण ३१, शनिबार

नेपाल भौगर्भिक समाजको अध्यक्षमा भाष्कर खतिवडा विजयी


नेपाल भौगर्भिक समाजको नयाँ अध्यक्षमा भाष्कर खतिवडा निर्वाचित भएका छन् । गए राति सम्पन्न मतगणनाअनुसार खतिवडाले ४६० मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी प्रा. डा. खुमनारायण पौडेलले ३६६ मत पाएका थिए ।

उपाध्यक्षमा डा. वसन्तराज अधिकारी र महासचिवमा शिवकुमार बाँस्कोटा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक नारायण बाँस्कोटाले जानकारी दिए । उपमहासचिवमा गोविन्द ओझाले ४२३ मत प्राप्त गरी विजयी भए भने उनका प्रतिद्वन्द्वी कृष्ण पाण्डेले ३७६ मत पाएका थिए । त्यस्तै, कोषाध्यक्षमा सुमिला पौडेल निर्विरोध निर्वाचित भएकी छिन् ।

सदस्यतर्फ विनोद केसी, रोशन न्यौपाने र धीरेन्द्रप्रसाद पाण्डे निर्विरोध निर्वाचित भएका छन् । कूल १,१४२ सदस्य रहेको समाजको शुक्रबार विद्युतीय माध्यमबाट भएको निर्वाचनमा ८३४ सदस्यले मतदान गरेका थिए। समाजको कार्यकाल दुई वर्षको रहनेछ। विजयी भएपछि अध्यक्ष खतिवडाले सबै भूगर्भविद्लाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट