Techie IT
२०८३ असार २८, आइतबार

चिकित्सा शिक्षा स्नातक तह प्रवेश परीक्षा तालिका सार्वजनिक, पूरा सूचना हेर्नुहोस्

आवेदन फाराम भदौ २ गते बिहान १० बजेदेखि भदौ २२ गते अपराह्न ५ बजेसम्म अनलाइनमार्फत भर्न सकिने छ।


चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०२६ का लागि स्नातक तहको एकीकृत प्रवेश परीक्षा तालिका सार्वजनिक गरेको छ।

आयोगले आइतबार जारी गरेको सूचनाअनुसार आवेदन फाराम भदौ २ गते बिहान १० बजेदेखि भदौ २२ गते अपराह्न ५ बजेसम्म अनलाइनमार्फत भर्न सकिने छ। भदौ २२ पछि २९ गतेसम्म भने दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

प्रवेश परीक्षा कार्तिक १५ देखि १९ गतेसम्म काठमाडौं उपत्यकाका विभिन्न परीक्षा केन्द्रमा हुनेछन् । परीक्षा केन्द्रको विवरण पछि प्रकाशित गरिने आयोगले जनाएको छ ।

कार्यक्रमअनुसार

कार्तिक १५ गते : एमबीबीएस

कार्तिक १६ गते : बीडीएस

कार्तिक १७ गते : बीएस्सी नर्सिङ, बीएस्सी मिडवाइफरी, बीएएसएलपी, बी. पर्फ्युजन टेक्नोलोजी

कार्तिक १८ गते : बीएएमएस, बीएनएस/बीएमएस, बीएस्सी एमएलटी, बीएस्सी एमआईटी, बी फार्मा, बीएस्सी रेडियोथेरापी, बी अप्टोमेट्री

कार्तिक १९ गते : बीपीएच

आयोगका अनुसार प्रवेश परीक्षा सबै विषयमा २०० पूर्णाङ्कको हुनेछ र समयावधि ३ घण्टा तोकिएको छ। एउटाभन्दा बढी कार्यक्रमका लागि आवेदन दिन चाहने विद्यार्थीले तालिका नजुध्ने गरी मात्र आवेदन दिन सक्नेछन्।

परीक्षाका लागि आवेदन शुल्क नेपाली विद्यार्थीका लागि ४ हजार रुपैयाँ र विदेशी विद्यार्थीका लागि ८ हजार रुपैयाँ तोकिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट