Techie IT
२०८२ मंसिर २, मंगलबार

गणित शिक्षकका लागि १८ पटकसम्म विज्ञापन गर्दा पनि कोहि भेटिएनन्


कालिकोटको नरहरिनाथ गाउँपालिका–७ उच्छवस्थित श्री रुपादेवी माध्यमिक विद्यालयले गणित विषयका लागि संघीय अनुदान अन्तर्गतको शिक्षक पदमा १८ पटकसम्म विज्ञापन गर्दा पनि योग्य जनशक्ति पाउन नसकेको जनाएको छ। यसपछि विद्यालयले १९ औं पटक पुनः विज्ञापन आह्वान गरेको हो।

विद्यालय व्यवस्थापन समितिको कात्तिक ३० गतेको निर्णयअनुसार गणित विषयका माध्यमिक तहका एक जना शिक्षक आवश्यक भएकाले योग्यतासम्पन्न इच्छुक नेपाली नागरिकलाई ७ दिनभित्र आवेदन दिन आग्रह गरिएको छ।

विद्यालयले यसअघि १८ पटक विज्ञापन गर्दा पनि आवश्यक योग्यता प्राप्त उम्मेदवार नआएको बताइएको छ। गणित विषयमा स्नातक वा सो सरह उत्तीर्ण र अध्यापन अनुमति पत्र प्राप्त १८ देखि ४० वर्ष उमेर समूहका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।

लिखित, मौखिक वा प्रयोगात्मक मूल्यांकनमार्फत छनोट प्रक्रिया सम्पन्न गरिने विद्यालयले जनाएको छ। आवेदन शुल्क २ हजार रुपैयाँ तोकिएको छ।

विद्यालयका अनुसार शिक्षक सेवा आयोगले हालै प्रकाशित गरेका माध्यमिक तहका अध्यापन अनुमति पत्र प्राप्त उम्मेदवारहरूले आफ्नो प्रमाणित पत्र पेश गर्नुपर्नेछ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनबहादुर विक र प्रधानाध्यापक दानबहादुर बुढाका अनुसार गणित विषयका शिक्षक नहुँदा पठन–पाठन प्रभावित भइरहेका कारण पुनः विज्ञापन निकाल्नुपरेको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट