Techie IT
२०८२ पौष २, बुधबार

उपकुलपतिका लागि तेस्रो पटक आवेदन खुल्दा दुई जना मात्र इच्छुक


धनगढीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको पहिलो उपकुलपतिका लागि तेस्रो पटक आवेदन आह्वान गर्दा दुई जनाको मात्र दरखास्त परेको छ।

उपकुलपति तथा रजिस्ट्रार छनोट–सिफारिस समितिका संयोजक जयराज अवस्थीका अनुसार उपकुलपतिका लागि आएका आवेदनको रुजु प्रक्रिया बाँकी छ भने रजिस्ट्रार पदका लागि १० जनाको आवेदन परेको छ। रजिस्ट्रारका आवेदकहरूको सर्टलिस्ट सार्वजनिक गर्ने तयारी भइरहेको समितिले जनाएको छ।

यसअघि दुई पटक विज्ञापन गर्दा उपकुलपतिका लागि कुनै पनि आवेदन नपरेपछि शिक्षामन्त्री महावीर पुनले सामाजिक सञ्जालमार्फत इच्छुक व्यक्तिलाई आवेदन दिन आह्वान गरेका थिए।

उपकुलपतिका लागि कडा योग्यता मापदण्डका कारण आवेदन नपरेको भन्दै सरोकारवालाहरूले आलोचना गर्दै आएका छन्। विश्वविद्यालय ऐन राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि पदाधिकारी नियुक्तिको प्रक्रिया अघि बढाइएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट