Techie IT
२०८३ असार २३, मंगलबार

विदेशी इन्टर्नसिपको लोभ देखाएर ठगी गर्दै द ब्रिटिस कलेज


काठमाडौँको थापाथलीस्थित द ब्रिटिस कलेजले विदेशमा इन्टर्नसिप गराइदिने नाममा विद्यार्थीहरूबाट लाखौँ रुपैयाँ असुलेर ठगी गरेको आरोप लागेको छ। 

होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीबाट वार्षिक शुल्कबाहेक दुबई इन्टर्नसिपका लागि प्रतिविद्यार्थी ७ लाख ५० हजार रुपैयाँ लिइए पनि दुबई पुगेपछि श्रमिक कार्ड बनाएर आफैँ काम खोज्न भनिएको पीडितहरूको भनाइ छ।

इन्टर्नसिप नपाएर केही विद्यार्थी नेपाल फर्किएका छन् भने बाँकी श्रमिकका रूपमा काम गर्न बाध्य भएको जनाइएको छ। ठगीको विरोधमा विद्यार्थी र अभिभावकले कलेजमा तोडफोड गरेपछि शिक्षा मन्त्रालयमा छलफल भएको थियो। मन्त्रालयले छानबिन समिति गठन गरी प्रतिवेदन बुझाइसकेको छ।

शिक्षामन्त्री महावीर पुनले प्रतिवेदनमा कलेजको गल्ती देखिएको बताउँदै कलेजलाई जरिवाना, कारबाही तथा लाइसेन्स खारेजीसम्मको प्रक्रिया अघि बढाइने बताएका छन्। मन्त्रालयले यस्ता विदेशी सम्बन्धन लिएर सञ्चालन भएका कलेजहरूको नियमन कडा बनाउने तयारी समेत गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट