सुदूरपश्चिमका विपन्न विद्यार्थीलाई महऋषी कलेजले विशेष छात्रवृत्ति दिने
काठमाडौँको बानेश्वरस्थित महऋषी कलेजले सुदूरपश्चिमका आर्थिक रूपमा विपन्न तर जेहेन्दार विद्यार्थीहरूका लागि छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ।
कलेजका निर्देशक दिपेन्द्र जोशीका अनुसार आर्थिक अभावका कारण प्रतिभावान् विद्यार्थीहरू उच्च शिक्षा अध्ययनबाट वञ्चित नहोस् भन्ने उद्देश्यले यो छात्रवृत्ति कार्यक्रम ल्याइएको बताएका छन् । उनका अनुसार अवसरको अभावमा शिक्षा अधुरो नहोस् भन्ने सोचका साथ कलेजले विशेष पहल गरेको हो।
महऋषी कलेजले एमबीए, बीबीए तथा बीएससी सीएसआईटी कार्यक्रमअन्तर्गत अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई ५० प्रतिशतदेखि ७० प्रतिशतसम्म शुल्क छुट प्रदान गर्ने जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस