विश्वविद्यालयमा राजनीतिक भागबण्डा कि योग्यता? आठ उपकुलपतिका लागि भिडन्त सुरु
लामो समयदेखि नेतृत्वविहीन बनेका मुलुकका आठ प्रमुख विश्वविद्यालयहरूले नयाँ उपकुलपति पाउने प्रक्रिया सुरु भएको छ। उपकुलपति छनोट तथा सिफारिस समितिले एकैपटक आठवटै विश्वविद्यालयका लागि औपचारिक रूपमा दरखास्त आह्वान गरेको हो।
समितिले निम्नलिखित विश्वविद्यालयहरूमा रिक्त रहेका उपकुलपति पदका लागि योग्य उम्मेदवारहरूबाट आवेदन माग गरेको छ:
- त्रिभुवन विश्वविद्यालय (त्रिवि)
- पूर्वाञ्चल विश्वविद्यालय
- पोखरा विश्वविद्यालय
- लुम्बिनी बौद्ध विश्वविद्यालय
- कृषि तथा वन विज्ञान विश्वविद्यालय
- मध्यपश्चिम विश्वविद्यालय
- सुदूरपश्चिम विश्वविद्यालय
- राजर्षि जनक विश्वविद्यालय
छनोट प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन समितिले ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ समेत जारी गरेको छ। इच्छुक उम्मेदवारहरूले उक्त कार्यविधि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आधिकारिक वेबसाइटबाट अध्ययन गरी तोकिएको मापदण्डअनुसार आवेदन दिन सक्नेछन्।



तपाईको प्रतिक्रिया दिनुहोस