Techie IT
२०८३ असोज १०, शनिबार

त्रिवि उपकुलपतिको दौडमा छन् यी १० जना


त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदका लागि सिफारिस समितिले १० जना उम्मेदवारको सूची शुक्रबार सार्वजनिक गरेको छ।
सार्वजनिक सूचीमा अमर प्रसाद यादव, कवि प्रसाद पौडेल, कृष्णराज आचार्य, गोविन्द सुवेदी, टंकनाथ धमला, तारा प्रसाद भुसाल, दुर्गा दत्त पौडेल, नन्दबहादुर सिंह, भोला थापा र रामप्रसाद रेग्मीको नाम समावेश छ।

उम्मेदवारमध्ये थापा काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति हुन् भने सिंह मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति रहेका छन्।
यस पदका लागि कुल ५० जनाले आवेदन दिएका थिए। सिफारिस समितिले प्रारम्भिक छानबिनपश्चात् १० जनाको सूची तयार पारेको हो। अब यिनै १० उम्मेदवारमध्येबाट एक जनाले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी सम्हाल्नेछन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट