Techie IT
२०८३ असोज ९, शुक्रबार

दुर्गाथली गाउँपालिकाको कांग्रेस सभापतिमा जोशी निर्वाचित


नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बझाङको दुर्गाथली गाउँपालिकामा सम्पन्न अधिवेशनबाट जनेश्वर जोशी गाउँपालिका सभापतिमा निर्वाचित भएका छन्।

सभापतिका रूपमा विजयी भएपछि जोशीले पार्टी संगठनलाई थप मजबुत, एकताबद्ध र जनमुखी बनाउने दृढ प्रतिबद्धता व्यक्त गरेका छन्। उनले पार्टीभित्र नातावाद, कृपावाद र गुटबन्दीलाई कुनै पनि हालतमा प्रश्रय नदिने स्पष्ट पार्दै सबै नेता तथा कार्यकर्तालाई समान व्यवहार गर्ने र संगठनलाई व्यक्तिगत स्वार्थभन्दा माथि राखेर अघि बढाउने बताएका छन्।

लामो समयसम्म प्रवासमा रहेर सामाजिक क्षेत्रमा सक्रिय रहेका जोशीले प्रवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सुख–दुःखमा निरन्तर साथ दिँदै आएका थिए। एक अनुभवी सामाजिक अभियन्ताका रूपमा परिचित नेता जोशीले अब भने आफ्नै गाउँपालिकाका जनताको सेवामा प्रत्यक्ष रूपमा सक्रिय हुनुपर्ने छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट