Techie IT
२०८३ जेष्ठ १२, मंगलबार

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको डिन पदका लागि ५ जनाको सर्टलिस्ट, अन्तर्वार्ता असोज १३ मा


त्रिभुवन विश्वविद्यालय (त्रिवि) को चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डिन पदका लागि ५ जना उम्मेदवार सर्टलिस्टमा परेका छन्। डिन छनौट समितिले १३ जना आवेदकमध्ये प्राडा अभिमन्यू झा, प्राडा उत्तमकृष्ण श्रेष्ठ, प्राडा दिव्या सिंह शाह, प्राडा मोहनराज शर्मा, र प्राडा सुधा बस्नेतलाई सर्टलिस्ट गरेको हो। यी उम्मेदवारहरूलाई असोज १३ गते बिहान ८ बजेदेखि प्रस्तुति र अन्तर्वार्ताका लागि बोलाइएको छ।

सर्टलिस्टमा परेकी प्राडा दिव्या सिंह शाह हाल संस्थानकी निमित्त डिन हुन्। उनका कार्यकाल गत साउनमा समाप्त भए पनि त्रिविले उनलाई नै निमित्त डिनको जिम्मेवारी दिएको थियो।

डिन छनौटको प्रक्रिया सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम २०८१ अनुसार गरिएको हो। यो विनियमअनुसार गठन गरिएको समिति तीन जनाको नाम सिफारिस गरी कार्यकारी परिषद्मा पेस गर्नेछ, जहाँ अन्तिम निर्णय हुनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट