Techie IT
२०८२ जेष्ठ ३, शनिबार

सूचना प्रविधिमा अध्ययनरत विद्यार्थीहरूका लागि छात्रवृत्तिको फारम भर्न १० दिन मात्र बाँकी


सूचना तथा सञ्चार प्रविधि मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभागले सूचना प्रविधि विषयमा अध्ययनरत विद्यार्थीहरूका लागि छात्रवृत्तिको आवेदन खुला गरेको छ । आर्थिक वर्ष २०८१ अनुसार विभागले स्ववित्तीय विश्वविद्यालय र सो विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शिक्षण संस्थामा सूचना प्रविधिसम्बन्धी विषयहरू अध्ययनरत छात्र–छात्राहरूलाई छात्रवृत्ति प्रदान गर्न लागेको हो ।

यस छात्रवृत्तिका लागि छनौट भएका विद्यार्थीहरूले जनही ५०,००० रुपैयाँ (पचास हजार रुपैयाँ मात्र) छात्रवृत्ति पाउनेछन् । इच्छुक विद्यार्थीहरूले सूचना प्रकाशित भएको मितिले १५ कार्यदिनभित्र, अर्थात २०८१ जेष्ठ १२ गतेभित्र, आवश्यक कागजातहरूसहित आवेदन दिनुपर्नेछ ।

विद्यार्थीहरूले आफ्नो कागजातहरू स्क्यान गरी विभागको ईमेल scholarship@doit.gov.np मा पठाउन सक्नेछन्, वा विभागमा स्वयं उपस्थित भएर पनि आवेदन दिन सक्नेछन्। विभागले सूचना प्रविधि विषयमा अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्तिसम्बन्धी विस्तृत जानकारी https://doit.gov.np/ मा समेत प्रकाशित गरेको छ।

आवश्यक कागजातहरू:
नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि

शैक्षिक योग्यताको प्रमाणपत्र/प्रमाणित प्रतिलिपि

हाल अध्यनरत संस्थाबाट अध्यनरत स्तर, शैक्षिक सत्र, अध्ययन गरिरहेको विषय उल्लेख गरिएको स्थायी तहको सिफारिस

स्थानीय तहबाट स्थायी ठेगानाको सिफारिस

अध्यनरत शिक्षण संस्थाबाट चालु शैक्षिक सत्रको नाम सिफारिस

सूचना 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट