Techie IT
२०८२ असार १३, शुक्रबार

आज साँझ सार्वजनिक हुँदै एसईई नतिजा, ५ लाखभन्दा बढी विद्यार्थी प्रतीक्षामा

परीक्षा नियन्त्रक गणेश भट्टराईका अनुसार, “बोर्ड बैठक बस्यो, अब ६ बजेपछि नतिजा दिने तयारी गरिएको छ ।”


माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा आज (शुक्रबार) साँझ ६ बजे सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको शुक्रबार बसेको बैठकले यही साँझ नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो ।

परीक्षा नियन्त्रक गणेश भट्टराईका अनुसार, “बोर्ड बैठक बस्यो, अब ६ बजेपछि नतिजा दिने तयारी गरिएको छ ।”

२०७८ सालको एसईई परीक्षा गत चैत ७ गतेदेखि सञ्चालन गरिएको थियो । यसपटकको परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ जना गरी कूल ४ लाख ९९ हजार १८३ जना सहभागी भएका थिए । यद्यपि अन्य विवरणअनुसार कुल सहभागी संख्या ५ लाख १४ हजार ७१ रहेको पनि उल्लेख गरिएको छ ।

अब केही घण्टामै नतिजा सार्वजनिक हुने भएकाले देशभरका परीक्षार्थी, अभिभावक र विद्यालयहरूले चासोका साथ प्रतीक्षा गरिरहेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट