Techie IT
२०८२ असोज २१, मंगलबार

मुख्यमन्त्री पाण्डेको निवासमा पुनः आगजनी


जेन–जी आन्दोलनको प्रदर्शनका क्रममा २४ भदौमा तोडफोड र आगजनी भएको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पोखरा–राष्ट्र बैंक चोकनजिकको निवासमा आइतबार बिहान पुनः आगजनी भएको छ।

२४ भदौको घटनापछि सरसफाइ र मर्मतको काम भइरहेको भवनमा आइतबार बिहान करिब २ बजे अज्ञात समूहले मुख्य गेटमाथिबाट परिसरमा प्रवेश गरी आगो लगाएको प्रहरीले जनाएको छ। कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार हाल ताला लगाइएको भवनमा प्रवेश गरी आगजनी गरिएको हो।

कार्कीका अनुसार घटनास्थलको प्रारम्भिक निरीक्षणमा लागुऔषध प्रयोगकर्ताहरू संलग्न भएको आशंका छ। “आगलागी भएको कोठाभित्र लागुऔषध प्रयोगका केही प्रमाण फेला परेको छ। केही गाँजा समेत भेटिएकाले लागुऔषध सेवन गर्ने समूहले आगो लगाएको हुन सक्ने देखिन्छ,” उनले बताए।

आगलागीले भवनमा राखिएका बाँकी कागजपत्र, खाट, कार्पेटलगायत सामग्री पूर्णरूपमा जलेका छन्। मुख्यमन्त्रीको निजी सचिवालयका अनुसार आगलागीबाट बाँकी रहेका सम्पूर्ण सामग्री नष्ट भएका छन्।

पहिलो घटनापछि प्राविधिक समितिको प्रतिवेदनअनुसार भवन मर्मतपछि प्रयोग योग्य ठहरिएपछि सरसफाइ र मर्मतको काम भइरहेको समयमा पुनः आगजनी भएको हो। अहिले आगो लगाउने व्यक्तिहरूको पहिचानका लागि प्रहरीले अनुसन्धान सुरु गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट