Techie IT
२०८३ असोज २१, बुधबार

नेप्से परिसूचकमा सामान्य गिरावट, कारोबार रकम भने साढे ३ अर्ब नाघ्यो


शेयर बजार परिसूचक (नेप्से) बुधबार पुनः ओरालो लागेको छ। अघिल्लो कारोबार दिन मंगलबार बढेर बन्द भएको नेप्से आज सामान्य अंकले घटेर बन्द भएको हो।

बुधबार नेप्से परिसूचक ६.३८ अंकले घटेर २५७२.३४ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.६३ अंक, फ्लोट इण्डेक्स ०.२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१९ अंकले घटेका छन्। अघिल्लो दिन नेप्से सूचक ११.९६ अंकले बढ्दै २,५७८.७३ अंकमा उक्लिएको थियो।

नेप्से परिसूचक घटे पनि आज सेयर कारोबार रकम भने बढेको छ। मंगलबार ३ अर्ब १३ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार ३ अर्ब ७४ करोड ८० लाख ८० हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। आज ३५९ वटा स्टकको ३९ हजार ४६६ पटकको कारोबारबाट १ करोड ३ लाख कित्ता शेयर खरिदबिक्री भएका छन्।

बुधबार १३ वटा उपसमूहमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक सामान्य बढेर धनात्मक (हरियो) बनेको छ भने बाँकी १२ वटा उपसमूहका परिसूचक घटेर ऋणात्मक बनेका छन्। कारोबारमा आएकामध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.३८ प्रतिशतले घटेको छ। आज १६७ कम्पनीको शेयरमूल्य घट्दा १०० कम्पनीको मूल्यमा वृद्धि भएको छ।

आज घलेम्दी हाइड्रोको शेयरमूल्य सर्वाधिक ६.२५ प्रतिशत बढेको छ भने सोही कम्पनीको ३२ करोड २१ लाख रुपैयाँ बराबरको सेयर कारोबार हुँदै कारोबार रकमका आधारमा पनि शीर्ष स्थानमा रहेको छ। त्यस्तै, आईसीएशियन ब्यालेन्स्ड फण्डको इकाईमूल्य करिब ६ प्रतिशत र इंगवा हाइड्रोपावरको शेयरमूल्य करिब ५ प्रतिशत बढेको छ। ग्लोबल आइएमई समुन्नत योजना २ को इकाईमूल्य भने सर्वाधिक ५.२६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपछि रिलायन्स स्पिनिङ्ग मिल्सको २९ करोड रुपैयाँभन्दा बढी र पिपुल्स हाइड्रोपावर कम्पनीको १६ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट