Techie IT
२०८३ श्रावण २०, बुधबार

मुस्ताङको हिडन भ्यालीमा फसेका १५ जना पर्यटक नेपाली सेनाद्वारा उद्धार


मुस्ताङ जिल्लाको हिडन भ्याली क्षेत्रमा हिमपातका कारण फसेका १५ जना पर्यटकलाई नेपाली सेनाले सफलतापूर्वक उद्धार गरेको छ।

नेपाली सेनाको उच्च शिखर शिक्षालयबाट खटिएको उद्धार टोलीले तीन दिनको अथक प्रयासपछि कार्तिक १४ गते करिब ४,९०० मिटर उचाइमा पर्ने बतासेडाँडा क्षेत्रमा फसेका पर्यटकहरूलाई फेला पारेको हो। उद्धार गरिएका मध्ये तीन जना विदेशी नागरिक रहेको सेनाले जनाएको छ।

उद्धारपछि उनीहरूको साधारण स्वास्थ्य परीक्षण गरिएको छ र हाल उनीहरूलाई जोमसोम ल्याउने कार्य भइरहेको सेनाले जनाएको छ। उद्धार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र गैर–सैनिक पथप्रदर्शकहरूको संयुक्त टोली खटिएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट