Techie IT
२०८२ पौष ११, शुक्रबार

म्याग्दीबाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस भए नेकपाका यी उम्मेदवारहरु


नेपाली कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ।

बेनीस्थित पार्टी कार्यालयमा बिहीबार बसेको बैठकले प्रत्यक्षतर्फ पाँच जना र समानुपातिकतर्फ छ जनाको नाम सिफारिस गरेको हो। प्रत्यक्षतर्फ अर्जुनबहादुर थापा, कृष्णकुमार विश्वकर्मा, गमबहादुर श्रीसमगर, टेकबहादुर विक र दुर्गा कार्की (बानियाँ)को नाम सिफारिस गरिएको नेकपाका युवा नेता रेशम जुग्जाली सुविनले बताएका छन् ।

समानुपातिकतर्फ गोविन्द पौडेल, चन्द्रबहादुर घिमिरे, पुनम खड्का, मिना विक, दिलु बुदुजा र लालबहादुर चर्माकार (लालु किसान)को नाम सिफारिस गरिएको छ। दिलु बुदुजा यौनिक अल्पसङ्ख्यक समुदायबाट प्रतिनिधित्व गर्नुहुन्छ। एकताको भावना र समावेशी मर्मअनुसार युवालाई प्राथमिकता दिएर नाम सिफारिस गरिएको जुग्जालीले बताए।

बैठकमा नेकपाका नेता दिनानाथ शर्माले आगामी फागुन २१ गते घोषणा भएको निर्वाचन तोकिएकै मितिमा हुने राजनीतिक वातावरण बन्दै गएको बताएका थिए । विगतका राजनीतिक उपलब्धि, संविधान र व्यवस्थाको रक्षा गर्दै जेन–जी पुस्ताको आन्दोलनको भावना अनुरूप देशलाई राजनीतिक निकास दिन निर्वाचनको विकल्प नरहेको उनको भनाइ थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट