Techie IT
२०८२ असोज २२, बुधबार

वीरगञ्जमा भेटिए हैजाका बिरामी, एक किशोरको अवस्था गम्भीर


वीरगञ्ज महानगर–१२ मुर्लीको नयाँ टोलमा हैजाका बिरामी भेटिएका छन्। प्रभावित क्षेत्रमा शुक्रबार रातिदेखि नै स्वास्थ्यकर्मी परिचालन गरिएको महानगरले जनाएको छ।

वीरगञ्ज महानगरका अनुसार मुर्ली टोलका ३० भन्दा बढी स्थानीय झाडापखालाका कारण एकैपटक वीरगञ्जको तराई अस्पतालमा भर्ना भएका थिए। परीक्षणका क्रममा तीन जनामा हैजाको जीवाणु (कोलेरा) पुष्टि भएको हो।

सङ्क्रमितमध्ये १६ वर्षीय किशोर, २४ वर्षीय युवक र २४ वर्षीय महिला रहेका छन्। स्वास्थ्य शाखा प्रमुख राजु शाहका अनुसार किशोरको अवस्था गम्भीर छ।

महानगरले पिउने पानीको नमूना थप परीक्षणका लागि काठमाडौंको टेकुस्थित प्रयोगशालामा पठाएको छ। हैजा फैलन नदिन घर–घरमा पुगेर जनचेतना फैलाउने कार्य भइरहेको छ।

जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार विगत १० वर्षपछि वीरगञ्जमा हैजाको प्रकोप देखिएको हो। महानगर प्रमुख राजेशमान सिंहले हैजा गम्भीर सङ्क्रामक रोग भएकाले सतर्क रहन सबैलाई आग्रह गरेका छन्।

नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहले आकस्मिक विभागमा झाडापखालाका गम्भीर बिरामीहरूको उपचार भइरहेको जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट