Techie IT
२०८३ भाद्र ३०, मंगलबार

आज डलरको कतिमा हुँदैछ कारोवार हेर्नुहोस्


नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न देशहरूको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा कायम गरिएको छ।

त्यसैगरी, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ७८ पैसा रहेको छ।

युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ७४ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५५ पैसा, र स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ८० पैसा तथा बिक्रीदर १८७ रुपैयाँ ५४ पैसा तोकिएको छ। अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ७४ पैसा (बिक्रीदर १०९ रुपैयाँ १६ पैसा), क्यानेडियन डलरको खरिददर १०९ रुपैयाँ ८१ पैसा (बिक्रीदर ११० रुपैयाँ २४ पैसा) रहेको छ।

सिङ्गापुर डलरको खरिददर १२० रुपैयाँ ०५ पैसा (बिक्रीदर १२० रुपैयाँ ५२ पैसा) रहेको छ।

एसियाली तथा खाडी मुलुकतर्फ जापानी येन १० को खरिददर ९ रुपैयाँ ८६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ६३ पैसा र कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ८६ पैसा कायम भएको छ। 

साथै, कुवेती दिनार एकको खरिददर ४९७ रुपैयाँ २० पैसा (बिक्रीदर ४९९ रुपैयाँ १५ पैसा) र बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ ७७ पैसा पुगेको छ। भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले आवश्यकतानुसार यो विनिमयदर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ भने वाणिज्य बैंकहरूले तोक्ने दर केही फरक हुन सक्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट