Techie IT
२०८२ असोज ७, मंगलबार

पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत लगिने


जेनजी आन्दोलनको प्रदर्शनका क्रममा आफ्नै घरमा आगजनी हुँदा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत लगिने भएको छ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत चित्रकारलाई ज्वरो र निमोनिया देखिएपछि पारिवारिक सल्लाहअनुसार दिल्लीस्थित एपोलो अस्पतालमा लैजाने तयारी गरिएको पारिवारिक स्रोतले जनाएको छ। उनका छोरा निर्भिक पनि उपचारका लागि भारत जाने तयारीमा छन्।

उपचारका क्रममा चित्रकारको बायाँ हात काट्नुपरेको थियो। अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राईका अनुसार हाल उनको ज्यान भने खतरामुक्त छ। तर निमोनिया पूर्ण निको हुन केही समय लाग्ने उनले जानकारी दिए।

‘आगजनीका कारण फोक्सोमा अत्यधिक धुवाँ र ग्यास पुगेको थियो। हामीले मेसिनको सहयोगले त्यो ग्यास निकाल्यौं,’ डा. राईले बताए।

डा. राईका अनुसार चित्रकारको शरीरको करिब १५ प्रतिशत भाग जलेको छ। स्वास्थ्यमा क्रमशः सुधार देखिए पनि शीघ्र निको पार्नका लागि थप उपचारका लागि भारत लैजाने निर्णय भएको परिवारले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट