Techie IT
२०८२ चैत्र ३, मंगलबार

पूर्वप्रधानमन्त्री खनालकी पत्नी चित्रकारको भारतमा उपचार सुरु


पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको उपचार भारतमा सुरु भएको छ। पारिवारिक श्रोतका अनुसार उनलाई नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको हो।

चित्रकारलाई सोमबार राति एयर एम्बुलेन्समार्फत दिल्ली लगिएको थियो। यस यात्रामा पूर्वप्रधानमन्त्री खनाल, उनका छोरा र केही सहयोगी पनि संगै रहेका थिए।

खनाल निकट स्रोतका अनुसार रविलक्ष्मीलाई अस्पतालमा भर्ना गरी तत्काल उपचार सुरु गरिएको छ । उनी गत भदौ २४ गते भदौ जेनजी आन्दोलनका क्रममा खनाल निवासमा भएको आगलागीमा परि गम्भीर घाइते भएकी थिइन्।

घाइते चित्रकारलाई केही दिन कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गरिएको थियो। आगलागीमा परेका क्रममा उनको देब्रे हात गुमेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट