Techie IT
२०८२ फागुन १, शुक्रबार

वीर अस्पतालमा दीर्घरोगको औषधि एक महिनाका लागि मात्रै


चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत सञ्चालित वीर अस्पतालले बीमा कार्यक्रममार्फत वितरण हुँदै आएका दीर्घरोगका औषधि अब एक महिनाका लागि मात्रै उपलब्ध गराउने निर्णय गरेको छ।

अस्पताल प्रशासनले सूचना जारी गर्दै लामो समयसम्म सेवन गर्नुपर्ने औषधि यसअघि तीन महिनासम्मका लागि उपलब्ध गराइँदै आएको भए पनि विशेष कारणवश आजदेखि अर्को व्यवस्था नभएसम्म एक महिनाका लागि मात्रै बिमित सदस्यलाई वितरण गरिने जनाएको छ।

अस्पतालका अनुसार उक्त निर्णय माघ २९ गते भएको आन्तरिक निर्णयअनुसार कार्यान्वयनमा ल्याइएको हो। नयाँ व्यवस्थाका कारण सेवाग्राहीमा पर्न सक्ने असुविधाप्रति अस्पताल प्रशासनले क्षमायाचना समेत गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट