Techie IT
२०८३ वैशाख २३, बुधबार

सरकारको कडा कदमः १२ ट्रेड युनियनको दर्ता खारेज, निजामती र स्वास्थ्य क्षेत्र प्रभावित


सरकारले १२ वटा ट्रेड युनियनको दर्ता खारेज गरेको छ। खारेज गरिएका युनियनमध्ये ८ वटा निजामती कर्मचारीसँग सम्बन्धित छन् भने ४ वटा स्वास्थ्यकर्मीका रहेका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले उक्त निर्णय गरेको हो। विभागका अनुसार दर्ता भई क्रियाशील रहेका राष्ट्रियस्तरका निजामती कर्मचारी तथा स्वास्थ्य सेवाका ट्रेड युनियनहरू २०८३ सालको अध्यादेश नं. ०७ ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ का आधारमा खारेज गरिएको हो।

विभागका प्रवक्ता इञ्जिनियर मणिनाथ गोपले पञ्जिकाधिकारीको २३ गतेको निर्णयअनुसार सबै सम्बन्धित युनियनहरूको दर्ता रद्द गरिएको जानकारी दिए।

दर्ता खारेज गरिएका निजामती तथा स्वास्थ्यकर्मीका ट्रेड युनियनहरू:

नेपाल निजामती कर्मचारी संगठन
नेपाल निजामती कर्मचारी युनियन
नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन
नेपाल मधेशी निजामती कर्मचारी मञ्च
नेपाल स्वास्थ्यकर्मी संघ
मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल
एकीकृत सरकारी कर्मचारी संगठन नेपाल
स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपाल

स्वास्थ्य क्षेत्रका थप युनियनहरू:

नेपाल स्वास्थ्यकर्मी युनियन (दर्ता नं. ३६०)
स्वास्थ्यकर्मी युनियन नेपाल (दर्ता नं. ३६१)
राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल (दर्ता नं. ३६४)
राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन (दर्ता नं. ५५२)

यस निर्णयसँगै निजामती तथा स्वास्थ्य क्षेत्रमा ट्रेड युनियन संरचनामा ठूलो परिवर्तन आउने देखिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट