Techie IT
२०८३ असार ३, बुधबार

स्वास्थ्य बीमा बोर्डले थप ९१ करोडभन्दा बढी भुक्तानी गर्ने, २०२ अस्पताल लाभान्वित


स्वास्थ्य बीमा बोर्डले देशभरका २०२ सेवा प्रदायक अस्पताललाई स्वास्थ्य बीमाबापतको थप ९१ करोड १८ लाख ९४ हजार रुपैयाँ भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गतको बाँकी दायित्व भुक्तानीलाई उच्च प्राथमिकतामा राख्दै रकम निकासाका लागि सहजीकरण गरिरहेको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार यसअघि गत जेठको दोस्रो साता स्वास्थ्य बीमा दाबीबापत १ अर्ब ३ करोड २४ लाख ७७ हजार रुपैयाँ भुक्तानी गरिएको थियो। यस्तै, गत जेठ २१ गते विपन्न नागरिकको औषधि उपचार खर्चबापत ३२ करोड १३ लाख ६ हजार रुपैयाँ निकासा गरिएकामा सोही महिनाको २७ गते थप २७ करोड ३७ लाख ७८ हजार रुपैयाँ भुक्तानी भइसकेको छ।

बोर्डका अनुसार गत मङ्सिरसम्मको बीमा दाबीमध्ये भुक्तानी दिन बाँकी ७ अर्ब रुपैयाँ र पुसदेखि असारसम्मको शोधभर्नाका लागि करिब साढे १४ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।

सरकारले विगतका वर्षदेखि बाँकी रहेको बीमा दाबी तथा विपन्न नागरिकको औषधि उपचारसम्बन्धी रकम भुक्तानीलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक स्रोत व्यवस्थापन र भुक्तानी प्रक्रियालाई तीव्रता दिएको सहप्रवक्ता अधिकारीले जानकारी दिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट