Techie IT
२०८२ जेष्ठ १६, शुक्रबार

गर्मी मौसममा एलोभेराको जादू: छालादेखि पाचनसम्म लाभदायक

एलोभेरामा प्रचुर मात्रामा भिटामिन, एन्टिअक्सिडेन्ट र एन्टी इन्फ्लेमेटरी गुण हुन्छ


गर्मी मौसममा छालाको विशेष हेरचाह चाहिन्छ । यो मौसममा गर्मी, धुलो र पसिनाका कारण छाला धेरै खराब हुने गर्छ । यस बाहेक गर्मीको समयमा मानिसहरूले छाला सम्बन्धी समस्याहरू जस्तै पिम्पल, दाग र टेनिङ जस्ता समस्याहरू पनि सामना गर्छन् ।

यी स्किनकेयर समस्याहरूबाट छुटकारा पाउन मानिसहरूले धेरै प्रकारका सौन्दर्य उत्पादनहरू प्रयोग गरे पनि कहिलेकाहीं तिनीहरूले कामसमेत गर्दैनन् । यस्तो अवस्थामा तपाईं एलोभेरा प्रयोग गर्न सक्नुहुन्छ, जसले तपाईंको छालालाई प्राकृतिक रूपमा स्वस्थ राख्न मद्दत गर्दछ । एलोभेरामा प्रचुर मात्रामा भिटामिन, एन्टिअक्सिडेन्ट र एन्टी इन्फ्लेमेटरी गुण हुन्छ, जसले गर्दा छालालाई डि हाइड्रेसनबाट बचाउँछ । धेरै अध्ययनहरूले एलो भेराले छालामा सुरक्षा प्रदान गर्ने देखाएका छन् । यसले फ्री र्‍याडिकलको असरबाट छालालाई जोगाउँछ र विकिरणको असर कम गर्छ । एलो भेरा जेल छालामा लगाएपछि मेटालोथायोनीन (metallothionein) नामक शक्तिशाली एन्टिअक्सिडेन्ट प्रोटिन उत्पादन हुन्छ जसले हाइड्रोक्सिल र्‍याडिकललाई हटाउँछ ।

एलो भेरामा हुने एन्टि-इन्फ्लामेटरी तत्वहरूले किराले टोकेको बेला छालालाई शान्त पार्न मद्दत गर्छ । साथै, यो एन्टिप्रुरिटिकको रूपमा पनि काम गर्छ जसले खुजली कम गर्छ । एलोभेराको प्रयोग कस्ता तरिकामा गर्न सकिन्छ त ।

एलोभेरा र मुलतानी माटाे

गर्मी मौसममा हुने अधिकांश छालाको समस्या एलोभेराले कम गर्न सकिन्छ । यसका लागि मुलतानी माटोमा एलोभेरा मिसाएर अनुहारमा लगाउने । यो फेस मास्क बनाउन दुई चम्चा मुलतानी माटो र २ चम्चा ताजा एलोवेरा जेल लिनु होस् । यसलाई राम्ररी मिलाएर अनुहारमा लगाउनु होस् । प्याकलाई १५ मिनेटको लागि छोड्नुहोस् र चिसो पानीले धुनुहोस् । यो फेस मास्कले अनुहारको चायाँ , दाग, झुर्रियाँ, सनबर्न र टेनिंगबाट छुटकारा पाउन मद्दत गर्दछ ।

एलोभेरा र काक्रो

एलोभेरा र काक्राेकाे फेस मास्क नरम र चम्किलो छालाको लागि स्वस्थ मानिन्छ । दुबै छालालाई शीतलता र ताजापन दिन्छ । तिनीहरूले टेनिंग र दाग कम गर्न पनि मद्दत गर्दछ । यसको प्रयोग गर्न एक चम्चा एलोभेरा जेल र काक्रोको रस लिनुहोस् । राम्रोसँग मिलाएर अनुहारमा लगाउनु होस् र लगभग १५ मिनेटको लागि छोड्नुहोस् । यस पछि पानीले धुनुहोस् ।

एलोभेरा र गुलाब जल

एलोभेरा र गुलाबजल मिसाएर लगाउनाले छालाको जलन र तातोपन कम हुन्छ । साथै, यसले तपाईको छालालाई नरम र चम्किलो बनाउँछ । यसलाई प्रयोग गर्नका लागि एक चम्चा ताजा एलोभेरा जेल लिनुहोस् र त्यसमा गुलाब जलको केही थोपा मिसाउनु होस् । यसलाई राम्ररी मिलाएर अनुहारमा लगाउनु होस् । यसपछि यसलाई १५ मिनेटसम्म छोडेर पानीले धुनुहोस् ।

घाउ निको पार्ने क्षमतामा वृद्ध‍ि
एलो भेरा प्रायः छालामा दल्ने औषधिका रूपमा प्रयोग गरिन्छ। धेरै वर्षदेखि, यो पोलेका घाउ र चोटहरूका लागि प्रयोग हुँदै आएको छ । वास्तवमा, यसले पोलेको घाउ निको पार्ने समय घटाउँछ । एलो भेरामा ग्लुकोम्यानन (glucomannan) नामक पोलिस्याक्काराइड र गिब्बेरेलिन (gibberellin) नामक  हर्मोन हुन्छ । यी तत्वहरूले फाइब्रोब्लास्टमा पाइने ग्रोथ फ्याक्टर रिसेप्टरहरूसँग अन्तरक्रिया गर्छन् जसले गर्दा कोलाजेनको निर्माण बढाउँछ र घाउ छिटो निको हुन्छ ।

पाचनमा मद्दत
एलो भेराको सबैभन्दा लोकप्रिय लाभमध्ये एक हो—पाचनमा सहयोग गर्नु । एलो भेराको जुस पिउँदा पाचन सुधार हुन्छ, अम्लता कम हुन्छ र अल्सर तथा GERD (gastroesophageal reflux disease) जस्ता समस्या घट्छ ।

प्राकृतिक पखाला लाग्ने औषधि
एलो भेरालाई प्राकृतिक पखालाको औषधि मानिन्छ । यसमा पाइने एनथ्राक्विनोन (anthraquinones) ले आन्द्रामा पानीको मात्रा बढाउँछ, म्युकस उत्पादन ट्रिगर गर्छ र पेरिस्टालसिस (आन्द्राको चाल) लाई बढाउँछ जसले कब्जियत रोक्छ ।

एलो भेराका स्वास्थ्य जोखिमहरू

छालामा एलर्जी
केही व्यक्तिहरू एलो भेरामा हुने तत्वहरूप्रति संवेदनशील हुन सक्छन् । लामो समयसम्म जेल प्रयोग गर्दा छालामा सुजन, रातो धब्बा वा घाँटी आउन सक्छ ।

पखाला लाग्ने सम्भावना
एलो भेरालाई पाचन सुधारको लागि प्रयोग गर्ने केही व्यक्तिहरूमा पेट दुख्ने, पखाला लाग्ने समस्या देखिएको छ । यदि पखाला समयमै उपचार नगरिएमा निर्जलीकरण र इलेक्ट्रोलाइट असन्तुलन हुन सक्छ ।

रगतको चिनी कम हुनु
एलो भेराले रगतमा चिनीको मात्रा घटाउन सक्छ । त्यसैले मधुमेह भएका व्यक्तिहरूले यदि औषधि पनि लिँदैछन् भने एलो भेरा प्रयोग गर्दा सावधानी अपनाउनु पर्छ, ताकि रक्त चिनी अत्यधिक कम नहोस् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट