Techie IT
२०८२ असार ३, मंगलबार

मोबाइलको लतबाट बालबालिकालाई कसरी जोगाउने ? उपयोगी सुझावहरूसहित विशेष रिपोर्ट


आजको युग डिजिटल युग हो। स्मार्टफोन हाम्रो जीवनको अत्यावश्यक साधन बनेको छ। किनमेलदेखि बैंकिङ, सूचना खोजीदेखि सञ्चारसम्मका कार्यहरू हामी मोबाइलकै सहायताले गरिरहेका छौं। तर यही प्रविधिको अन्धाधुन्ध प्रयोग अहिले चिन्ताको विषय बन्दै गएको छ, विशेष गरी बालबालिकाको हकमा।

छोटो उमेरमै मोबाइल प्रयोग गर्ने बानीले बालबालिकामा गम्भीर असर पारिरहेको अभिभावकहरू बताउँछन् । न खेलकुदमा रुचि देखिन्छ, नत पढाइमा ध्यान । सारा समय उनीहरू मोबाइलको स्क्रिनमा सीमित भइरहेका छन् । खेलकुद, सामाजिक सम्बन्ध, सिर्जनात्मकता र शारीरिक विकास जस्ता महत्वपूर्ण पक्षहरूमा असर देखिन थालेको छ । यस्तो अवस्थामा अभिभावकहरूका लागि सबभन्दा ठुलो चुनौती बनेको छ— बच्चालाई मोबाइलको लतबाट कसरी जोगाउने ?

यहाँ केही व्यावहारिक सुझावहरू प्रस्तुत गरिएका छन् जसले तपाईंलाई सहयोग गर्न सक्छ:

१. बाहिरी खेलकुदमा सहभागी गराउनुहोस्
बालबालिकालाई घर बाहिर निस्कन हौसला दिनुहोस् । उनीहरूलाई साइक्लिङ, दौड, पौडी, फुटबल, टेनिसजस्ता खेलहरूमा संलग्न गराउनुहोस् । यसले न केवल उनीहरूको समय उपयोगी बनाउँछ, उनीहरूमा सामाजिकता र स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ।

२. फोन देखिने ठाउँमा नराख्नुहोस्
जति सजिलोसँग मोबाइल बच्चाको पहुँचमा रहन्छ, उति नै छिटो उनीहरू त्यसप्रति आकर्षित हुन्छन् । तसर्थ, सुत्ने कोठामा मोबाइल लैजानुहुँदैन । बच्चालाई सानैमा व्यक्तिगत मोबाइल नदिने प्रयास गर्नुहोस् ।

३. स्क्रिन समय तोक्नुहोस्
मोबाइल पूर्ण रूपमा हटाउनु असम्भव भए पनि यसको प्रयोगमा नियन्त्रण सम्भव छ। उनीहरूले मोबाइल चलाउने निश्चित समय तोकिदिनुहोस्। उदाहरणस्वरूप, पढाइ सकिएपछि मात्र ३० मिनेट मनोरञ्जनका लागि चलाउन दिने जस्ता नियम बनाउनुहोस्।

४. परिवारसँग समय बिताउनुहोस्
बालबालिकाले धेरैजसो मोबाइलको सहारा तब लिन्छन् जब उनीहरू एक्लो महसुस गर्छन्। अभिभावकको सान्निध्य, संवाद र परिवारभित्रको रमाइलो वातावरणले उनीहरूलाई डिजिटल माध्यममा आकर्षित हुनबाट रोक्छ।

५. आफैँ उदाहरण बन्नुहोस्
यदि तपाईं मोबाइलको प्रयोगमा अत्यधिक निर्भर हुनुहुन्छ भने, बच्चालाई “मोबाइल नचलाऊ” भन्नु प्रभावहीन हुन्छ। अभिभावकले आफैँ मोबाइल सीमित प्रयोग गरे मात्र बच्चा पनि त्यसअनुसार सिक्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट