Techie IT
२०८३ वैशाख १८, शुक्रबार

अब बीमितलाई ‘प्रथम सेवा बिन्दु’मै जानु नपर्ने


काठमाडौं । अब स्वास्थ्य बीमा गरेका व्यक्तिलाई सेवा लिन पहिलोपटक बीमा गरेको स्थानकै ‘प्रथम सेवा बिन्दु’मै धाउनुपर्ने झन्झट हटेको छ।

स्वास्थ्य बीमा बोर्डले आगामी साउन १ गतेदेखि लागू हुने गरी बीमितले जुनसुकै नजिकको अनुमतिप्राप्त सरकारी स्वास्थ्य संस्थाबाटै सेवा लिन सक्ने व्यवस्था गरेको छ।

पहिले बीमाको सेवा लिन बीमितलाई अनिवार्य रूपमा आफूले बीमा गराएको ठाउँको तोकिएको प्रथम सेवा बिन्दुमा जानुपर्ने बाध्यता थियो। त्यसैबाट मात्रै रेफर भई अन्यत्र उपचार सम्भव हुन्थ्यो। तर अब यो सर्त हटाइएको छ।

स्वास्थ्य बीमा ऐन २०७४ र नियमावली २०७५ मा संशोधन गर्दै बोर्डले यस्तो लचिलो नीति ल्याएको हो।

बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार, “इलामबाट बीमा गरेका व्यक्ति काठमाडौं आएपछि त्यहाँको नजिकको अनुमतिप्राप्त सरकारी अस्पतालबाटै सेवा लिन सक्नेछन्।”

मन्त्रिपरिषद्ले २०७९ बैशाख १७ गते ‘स्वास्थ्य बीमा नियमावली’ संशोधन गर्दै यस्तो निर्णय गरेको हो। निर्णयको कार्यान्वयन गर्दै स्वास्थ्य बीमा बोर्डले बिहीबार सार्वजनिक सूचना जारी गरेको छ।   



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट