काठमाडौँमा ८१७ मतदान केन्द्र
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सबैभन्दा धेरै १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र कायम गरिएको छ।
जिल्ला निर्वाचन कार्यालय काठमाण्डौंका सूचना अधिकारी सृजना रायमाझीका अनुसार काठमाडौँका १० निर्वाचन क्षेत्रमा तीन लाख ६४ हजार महिला, तीन लाख ४६ हजार ११६ पुरुष र अन्य सात गरी कुल सात लाख १० हजार ७०८ मतदाता रहेका छन्।
क्षेत्रगत विवरण
काठमाडौँ क्षेत्र नं. १
२२ मतदान स्थल र ५७ मतदान केन्द्र।
२५ हजार २५२ महिला र २३ हजार २३७ पुरुष गरी कुल ४८ हजार ४८९ मतदाता।
काठमाडौँ क्षेत्र नं. २
४० मतदान स्थल र १०० मतदान केन्द्र।
४३ हजार ३९३ महिला र ४५ हजार ३१५ पुरुष गरी कुल ८८ हजार ७०८ मतदाता।
काठमाडौँ क्षेत्र नं. ३
२९ मतदान स्थल र ७२ मतदान केन्द्र।
३२ हजार ९२३ महिला र ३१ हजार ५५६ पुरुष गरी कुल ६४ हजार ४७९ मतदाता।
काठमाडौँ क्षेत्र नं. ४
३३ मतदान स्थल र ८८ मतदान केन्द्र।
३९ हजार ५९९ महिला र ३६ हजार ५४२ पुरुष गरी कुल ७६ हजार १४१ मतदाता।
काठमाडौँ क्षेत्र नं. ५
३१ मतदान स्थल र ९० मतदान केन्द्र।
४० हजार ८३२ महिला, ३७ हजार २७८ पुरुष र अन्य चार गरी कुल ७८ हजार ११४ मतदाता।
काठमाडौँ क्षेत्र नं. ६
३२ मतदान स्थल र ७९ मतदान केन्द्र।
३४ हजार ९५६ महिला, ३२ हजार ८०२ पुरुष र अन्य एक गरी कुल ६७ हजार ७५९ मतदाता।
काठमाडौँ क्षेत्र नं. ७
२९ मतदान स्थल र ७८ मतदान केन्द्र।
३४ हजार ७३८ महिला र ३२ हजार ६७३ पुरुष गरी कुल ६७ हजार ४११ मतदाता।
काठमाडौँ क्षेत्र नं. ८
२३ मतदान स्थल र ६५ मतदान केन्द्र।
२९ हजार ८९८ महिला र २७ हजार ९१३ पुरुष गरी कुल ५७ हजार ८११ मतदाता।
काठमाडौँ क्षेत्र नं. ९
३४ मतदान स्थल र ९० मतदान केन्द्र।
४० हजार २७८ महिला र ३८ हजार २१७ पुरुष गरी कुल ७८ हजार ४९५ मतदाता।
काठमाडौँ क्षेत्र नं. १०
४७ मतदान स्थल र ९८ मतदान केन्द्र।
४२ हजार ७१६ महिला, ४० हजार ५८३ पुरुष र अन्य दुई गरी कुल ८३ हजार ३०१ मतदाता।
निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जनाउँदै कार्यालयले मतदानलाई व्यवस्थित, सुरक्षित र निष्पक्ष बनाउन आवश्यक प्रबन्ध मिलाइएको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस