Techie IT
२०८२ कार्तिक ८, शनिबार

एनआरएनए अष्ट्रेलियाको नयाँ नेतृत्वका लागि अमर पौडेलको उम्मेदवारी


गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी कार्यसमितिका लागि अमर पौडेलले न्यू साउथ वेल्स स्टेटबाट एनसिसी पदमा उम्मेदवारी दर्ता गराएका छन् । सन्जीव गोर्खाली ढकालको प्यानलबाट उम्मेदवारी दिएका अमर २६ जुलाईमा हुने निर्वाचनका लागि प्रतिस्पर्धामा छन्।

सन् २०१६ मा विद्यार्थी भिषामा अष्ट्रेलिया पुगेका अमरले आईओई इन्जिनियरिङबाट स्नातक र अष्ट्रेलियाबाट सूचना प्रविधिमा स्नातकोत्तर गरेका छन्। उनले शिक्षा, आप्रवासन, ट्राभल, होस्पिटालिटी, रियल स्टेट र आईटी ट्रेनिङ इन्स्टिच्युटजस्ता विभिन्न क्षेत्रका व्यवसायहरू अष्ट्रेलियाका विभिन्न राज्यहरूमा मात्र नभई विदेशसम्म विस्तार गरेका छन् ।

विद्यार्थी जीवनदेखि नै नेपाली समुदायप्रति सहयोगी भूमिका निभाउँदै आएका अमर नेपाली समाजमा लोकप्रिय, सहयोगी र मनकारी युवाका रूपमा परिचित छन् । 

विदेशमा रहेका नेपालीलाई बसोबास, खानपान र आर्थिक सहायतामा सहजीकरण गर्नुका साथै नयाँ विद्यार्थीहरूलाई साथ–सहयोग, काउन्सिलिङ, र व्यवसायिक क्षेत्रमा अघि बढ्न सेमिनारमार्फत प्रेरणा दिनु अमरको प्रतिबद्धता रहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट