Techie IT
२०८२ कार्तिक ७, शुक्रबार

भारतीय विदेशमन्त्री जयशंकरसँग नेपाली युवा नेताहरूको कूटनीतिक छलफल


भारत भ्रमणमा रहेका नेपाली युवा नेताहरूले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेट गरेका छन्।

साउथ ब्लकमा सम्पन्न उक्त भेटमा नेपाली पक्षले नेपालको परराष्ट्र नीतिमा छिमेक नीतिलाई उच्च प्राथमिकता दिइने उल्लेख गर्दै पञ्चशील सिद्धान्तमा आधारित परस्पर सम्मान र सहकार्यको पक्षमा नेपाल दृढ रहेको धारणा राखेका थिए।

भेटमा सहभागी एमालेका युवा नेता प्रकाश विष्टका अनुसार, परिवर्तित विश्व परिवेशमा क्षेत्रीय सहकार्य र साझेदारीको सम्भावनाबारे समेत छलफल भएको थियो। साथै, डा. जयशंकरद्वारा लिखित दुई पुस्तक — Why Bharat Matters र The India Way — का विषयमा संक्षिप्त कुराकानी पनि भएको विष्टले जानकारी दिए।

नेपाली नेताहरूको यो भेट भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल भ्रमणको तयारीमा रहँदा भएको हो। मिश्रीले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन नेपाल आउन लागेका छन्।

भारत भ्रमणमा रहेका नेपाली टोलीमा सात राजनीतिक दलका १२ जना युवा नेता सहभागी छन्।

एमालेबाट सांसद भारती पाठक, अनेरास्ववियुका नीति तथा अनुसन्धान आयोग प्रमुख प्रकाश विष्ट र आनन्द सिंह सहभागी छन्। नेपाली कांग्रेसबाट केन्द्रीय सदस्यद्वय राजीव ढुंगाना र प्रकाश रसाइली, माओवादी केन्द्रबाट सांसद मीनबहादुर शाही र लेखनाथ दाहाल सहभागी छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट