Techie IT
२०८२ असोज ७, मंगलबार

नेपाली वैज्ञानिक चन्दलाई अल्जाइमर रोगमा अनुसन्धानका लागि ३२ लाख डलर अनुदान


अमेरिकामा अल्जाइमर रोगबारे महत्त्वपूर्ण अनुसन्धान सुरु भएको छ। यो रोगले मानिसको स्मरणशक्ति कमजोर बनाउने मात्र होइन, कतिपय बिरामीमा रिस, उदासी वा डरजस्ता मानसिक समस्या पनि देखापर्छ। किन यस्तो हुन्छ भन्ने कारण भने अझै रहस्यमै छ।

यसै रहस्यलाई उजागर गर्न अमेरिकाको मिजौरी राज्यको सेन्ट लुइसमा बसोबास गर्दै आएका नेपाली मूलका वैज्ञानिक गणेश चन्दले ठूलो अनुसन्धान परियोजना सुरु गर्न लागेका छन्। उनले अमेरिकाको नेशनल इन्स्टिट्यूट अफ हेल्थबाट चार वर्षका लागि ३२ लाख डलरको अनुदान पाएका छन्।

चन्द वाशयू मेडिसिनअन्तर्गत म्यालिनक्रोट इन्स्टिच्युट अफ रेडियोलोजी (एमआइआर)मा सहायक प्राध्यापक हुन्। उनी र उनको टोलीले कृत्रिम बुद्धिमत्ता (एआइ)को प्रयोग गरी बिरामीको दिमागको एमआरआइ र पिइटी स्क्यान तस्बिरसँगै उनीहरूको बानी–व्यवहारको विस्तृत अध्ययन गर्नेछन्।

अनुसन्धानको मुख्य लक्ष्य अल्जाइमर रोगले कसरी मानिसको व्यवहारमा परिवर्तन ल्याउँछ भन्ने बुझ्नु हो। यो कारण पत्ता लागेमा चिकित्सकहरूले उपचारका प्रभावकारी उपाय तय गर्न सजिलो हुनेछ र बिरामीको हेरचाह गर्ने परिवारलाई पनि ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अल्जाइमर रोग (एडी) अहिले अमेरिकामा मृत्युको सातौँ प्रमुख कारण मानिन्छ। यो उमेर पुगेका मानिसहरूमा डिमेन्सियाको सबैभन्दा ठूलो कारण हो। स्मरणशक्ति घट्नुका साथै उदासी, आक्रोश, चिन्ता र अरूप्रति चासो हराउनेजस्ता समस्या यसले बिरामी मात्र होइन, परिवार र चिकित्सकका लागि पनि चुनौतीपूर्ण बनाउँछ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट