Techie IT
२०८२ असोज २७, सोमबार

विपिन जोशी मृत भएको जानकारी, शवको पुष्टि छैन


इजरायली अधिकारीहरूले दुई वर्षअघि हमासको कब्जामा रहेका विपिन जोशी जीवित नभएको परिवारजनलाई जानकारी दिएका छन्। आज इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी तथा इजरायली सेनाका कमाण्डरले अमेरिकामा रहेका उनकी आमा र बहिनीलाई र नेपालमा रहेका आफन्त किशोर जोशीलाई भर्खरै यो जानकारी दिएका छन् भन्ने जानकारी इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले बताएका छन्।

हमास समूहले विपिन जोशीलाई किबुज आलुमिमबाट २०८० असोज २३ मा अपहरण गरेको थियो। सोही वर्ष मंसिरसम्म उनी जीवित रहेको भिडियो सार्वजनिक भएको थियो। हमास समूहले आज आफ्नो कब्जामा रहेका २० जनालाई इजरायल समक्ष हस्तान्तरण गर्ने तयारीमा रहेको पनि बताइएको छ।

राजदूत पण्डितले भने– “विपिन जोशी जीवित छैनन् भन्ने दुःखद् खबर औपचारिकरूपमा प्राप्त भयो। इजरायली अधिकारीहरूले सुरुमा मलाई जानकारी दिए, त्यसपछि परिवारजनलाई जानकारी गराए। उनको शवको बारेमा भने यकिन छैन।”

इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले विपिन जोशी मृत भएको औपचारिक घोषणा गरेको छ। केहीबेर अघि विपिनको परिवार तथा इसरायलस्थित नेपाली दूतावाससँग भिडियो कन्फरेन्समार्फत इसरायली सरकारले यो जानकारी दिएका थिए।

भिडिओ कुराकानीमा विपिनकी आमा पद्मा र बहिनी पुष्पा अमेरिकाबाट, परिवारका सदस्य किशोर जोशी, राजदूत पण्डित र आइडिएफका अधिकारी सहभागी थिए।

परराष्ट्र मन्त्रालयले भने, “आइडिएफको जानकारी पनि आकलन मात्र हुन सक्ने अवस्था हो। अझै पूर्ण पुष्टि भएको छैन। विगतमा आइडिएफले दिएका विवरणमा पनि फरक देखिएको थियो,” प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए। “अन्तिमसम्म हामी विपिन सकुशल रिहा हुने आशामा छौं।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट