Techie IT
२०८३ श्रावण ११, सोमबार

जनसम्पर्क समिति भारतको केन्द्रीय सदस्यमा बझाङका जोशी निर्वाचित


बझाङको दुर्गाथली गाउँपालिका–४ का जनेश्वर जोशी नेपाली जनसम्पर्क समिति भारतको १०औँ केन्द्रीय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। लामो समयदेखि भारतको बेङ्लोरमा बसोबास गर्दै समाजसेवामा लाग्दै आएका जोशी प्रवासी नेपालीहरूको हक, हित र अधिकारका पक्षमा निरन्तर सक्रिय रहँदै आएका छन्।

सामाजिक एकता, संगठन सुदृढीकरण, मानवीय सेवा तथा नेपाली समुदायलाई एकताबद्ध बनाउने कार्यमा क्रियाशील जोशी राजनीतिक र सामाजिक व्यक्तित्वका साथै वैदिक पण्डित, ज्योतिष र सफल व्यवसायीका रूपमा समेत परिचित छन्।

केन्द्रीय सदस्यमा निर्वाचित भएपछि जोशीले प्रवासमा रहे पनि आफ्नो मन सधैँ मातृभूमिमै रहने बताएका छन्। नेपाल नै आफ्नो पहिचान र गौरव भएको उल्लेख गर्दै उनले निकट भविष्यमै स्वदेश फर्केर गाउँ, समाज र देशको विकासमा प्रत्यक्ष समर्पित हुने दृढ संकल्प व्यक्त गरेका छन्।

जोशीको निर्वाचनलाई प्रवासी नेपाली समुदायले सकारात्मक रूपमा लिएको छ। उनको निष्ठा, सेवाभाव र संगठन निर्माणको अनुभवले जनसम्पर्क समितिलाई अझ सशक्त र प्रभावकारी बनाउने विश्वास लिइएको छ। 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट