Techie IT
२०८३ भाद्र ३१, बुधबार

ब्रोड पिकमा निर्मल पुर्जासहित १० सदस्यीय पर्वतारोही टोली सम्पर्कविहीन


विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय पर्वतारोहण टोली पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ‘ब्रोड पिक’ हिमालमा सम्पर्कविहीन भएको छ । काराकोरम पर्वतशृङ्खलाअन्तर्गत पर्ने उक्त हिमालमा बिहीबार दिउँसो हिमपहिरो गएपछि टोलीसँगको सम्पर्क टुटेको हो ।

पाकिस्तानी पर्वतारोहण अधिकारीहरूका अनुसार हिमपहिरो गएपछि आरोही टोली बेपत्ता भएको छ । टोलीमा निर्मल पुर्सासहित पाँच नेपाली, एक अमेरिकी, एक चिनियाँ र एक ओमानी नागरिक गरी १० जना आरोही रहेका छन् । विश्वको १२औँ अग्लो र चुनौतीपूर्ण मानिने ब्रोड पिक आरोहणका क्रममा यो दुःखद घटना घटेको हो ।

पाकिस्तानको अल्पाइन क्लबले सरकारी निकायसँग निरन्तर समन्वय गर्दै तत्काल खोज तथा उद्धार अभियान अघि बढाइएको जनाएको छ । क्लबले उपलब्ध सबै स्रोतसाधन परिचालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । मौसम अनुकूल हुनेबित्तिकै हेलिकोप्टरमार्फत उद्धार कार्य तीव्र पारिने बीबीसीले जनाएको छ ।

निर्मल पुर्जाले सन् २०१९ मा विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल करिब ६ महिनाको छोटो अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए । ब्रिटिस सेनाको पूर्व रोयल मरीनसमेत रहेका पुर्जाको नेतृत्वमा रहेको टोली बेपत्ता भएपछि अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायले चिन्ता व्यक्त गरेको छ ।

अल्पाइन क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामी सबै आरोहीको सुरक्षा र सफल उद्धारका लागि प्रार्थना गर्दछौँ । यस कठिन समयमा आरोहीका परिवार र अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायप्रति हामी पूर्ण ऐक्यबद्धता व्यक्त गर्दछौँ ।”



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट